काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता तथा कार्यकर्ताले तरबार र ढाल सहित सांस्कृतिक र्‍याली निकालेर उत्सवमय रुपमा दिवस मनाएका छन्।

गणतन्त्र दिवसको विशेष अवसरमा राजधानी काठमाडौंमा एमालेले आयोजना गरेको र्‍यालीमा सहभागिहरू परम्परागत पहिरन, तरबार र ढाल सहित देखिएका थिए। र्‍यालीको अगुवाइ पार्टीका सचिव लेखराज भट्ट लगायत शीर्ष नेताहरूले गरेका थिए। सहभागीहरूले “गणतन्त्र जिन्दावाद”, “नेकपा एमाले जिन्दावाद” लगायतका नारासमेत लगाए।

advertisement

सांस्कृतिक झाँकीसहितको र्‍याली काठमाडौंका विभिन्न स्थानबाट सुरु भई भृकुटीमण्डपमा जम्मा भएको थियो। त्यसपछि भृकुटीमण्डपबाट भद्रकाली, शहीद गेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आइपुगेपछि कोण सभामा परिणत भएको हो।

कोण सभामा नेकपा एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले गणतन्त्र दिवसलाई जनस्तरमा उत्सवको रुपमा मनाउन देशव्यापी अभियान नै सञ्चालन गरेको जनाएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com