काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा कुल १६ खर्ब ६२ अर्ब १६ करोड रुपैयाँ खर्च हुने नयाँ संशोधित अनुमान अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका छन्।

बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यो जानकारी दिएका हुन्। चालु आर्थिक वर्षका लागि सरकारले प्रारम्भमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो। तर, अर्धवार्षिक समीक्षापछि खर्च क्षमता र राजस्व संकलनका आधारमा बजेट कटौती गर्दै संशोधित अनुमान पेश गरिएको हो।

advertisement

संशोधित अनुमानअनुसार, चालु खर्चतर्फ ८८.५ प्रतिशत, पुँजीगत खर्चतर्फ ८३.४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.६ प्रतिशत रकम खर्च हुने अनुमान गरिएको छ।

अर्थमन्त्री पौडेलले सार्वजनिक गरेका तथ्यांकले चालु आर्थिक वर्षमा सरकारको खर्च कार्यान्वयनमा केही कमजोरी देखिएको संकेत गर्छ। बजेटको यथार्थपरक कार्यान्वयन र परिणाममुखी खर्चका लागि थप सुधार आवश्यक देखिएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com