काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको सर्वसाधारणको बचत रकम फिर्ता गर्न ‘चक्रीय कोष’ स्थापनाको घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो व्यवस्था अघि सारेका हुन्।

उनका अनुसार, सहकारी संस्थामा रहेको पाँच लाख रुपैयाँसम्मको बचत निक्षेप तथा कर्जा ‘सहकारी कर्जा तथा बचत सुरक्षण कोष’ मार्फत सुरक्षित गरिनेछ। साथै, बचतकर्ताले फिर्ता पाउन बाँकी रकम सहकारी सञ्चालक वा अपचलनकर्ताबाट असुल गर्न उनीहरूको सम्पत्ति लिलामी गरी चक्रीय कोषमार्फत भुक्तानी गरिनेछ।

advertisement

अर्थमन्त्री पौडेलले सहकारी सञ्चालक, पदाधिकारी तथा कर्जा अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति र राहदानीसमेत रोक्का गरिने उल्लेख गरेका छन्। यसका लागि प्रारम्भिक चरणमा चक्रीय कोषमा बीउ पूँजीको व्यवस्था गरिएको छ।

सरकारको यो कदमले सहकारी पीडितको विश्वास पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com