काठमाडौं । अति विपन्न जनताका घरमा छाना फेर्नका लागि सरकारले ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जस्ताको छानो लगाउनका लागि बजेट विनियोजन गरेको हो । फुसका छाना विस्थापित गरेर जस्ताका छाना लगाउने उद्देश्यले सरकारले यस अघिनै सुरक्षित आवास कार्यक्रम घोषणा गरेको थियो ।
संविधानले आवासको हकलाई मौलिक हकका रुपमा राखेकाले बजेट विनियोजन गरेको हो। सरकारले यस अघिनै ‘सुरक्षित नागरिक आवास कार्यविधि ल्याइसकेको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया