काठमाडौं ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

सुदुरपश्चिम, लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

advertisement

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो, कोशी, मधेश प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू भागका थोरै स्थानहरूमा र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च(पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती, कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेशको केही स्थानहरूमा, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू भागका थोरै स्थानहरूमा र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू् भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल मनसुनको अवस्थाः भारतको सिक्किम तथा भुटान र बंगलादेशको पूर्व भू भाग सम्म मनसुनको आ‍गमन भएको देखिन्छ । यस वर्षको मनसुन यसै साताको अन्त्य सम्ममा नेपालको पूर्वी भू भागबाट प्रवेश हुने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com