एजेन्सी । एक उच्चस्तरीय हमास अधिकारीका अनुसार, प्यालेस्टिनी सशस्त्र समूहले गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अमेरिकाको नयाँ प्रस्ताव अस्वीकार गरेको छ।

ह्वाइट हाउसले बिहीबार जानकारी दिएको थियो कि इजरायलले अमेरिकी दूत स्टिभ विटकोफको योजनामा स्वीकृतिु दिएको छ र अहिले हमासको औपचारिक प्रतिक्रिया कुरिरहेको छ। इजरायली मिडियाका अनुसार, उक्त योजना दुई चरणमा १० जना जीवित बन्धक र १८ जना मृत बन्धकका शव फिर्ता गर्नेछ। यसको बदला, ६० दिनको युद्धविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको रिहाइ गरिनेछ।

तर, हमासले उक्त प्रस्तावको आलोचना गर्दै भन्यो कि यसले युद्धको अन्त्य लगायतका प्रमुख मागहरू पूरा गर्दैन। यस सम्बन्धमा हामी उचित समयमा औपचारिक प्रतिक्रिया दिनेछौं। इजरायली अधिकारीहरूले यसबारे केही टिप्पणी नगरेका छन्, जबकि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार बन्धक परिवारहरूसँग अमेरिकी योजनालाई स्वीकृत गर्ने बारे बताएका थिए।

गत मार्च १८ मा अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएको दुई महिनाको युद्धविराम विफल भएपछि इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएको थियो र पुनः हमासमाथि सैनिक कारबाही थालेको थियो। इजरायलको विश्वास छ कि हमासको नियन्त्रणमा रहेका ५८ जना बन्धकमध्ये कम्तीमा २० जना जीवित छन्।

हाम्रो स्रोतका अनुसार, गाजामा पछिल्ला १० हप्तामा करिब ४ हजार मानिसको ज्यान गएको छ। यसैबीच, संयुक्त राष्ट्रसंघका अनुसार, इजरायली स्थल कारबाही र खाली गराउने आदेशका कारण थप ६ लाख मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com