काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज इलिमिनेटर खेल हुँदै छ। जहाँ एकपटकको विजेता गुजरात टाइटान्सले पाँचपटकको विजेता मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

खेल पञ्जाबको न्यू चण्डीगढमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएको थियो ।

advertisement

यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा पुगेर फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिने छ ।

गएराति भएको पहिलो खेलमा पञ्जाबलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु सिधै फाइनलमा प्रवेश गरेको छ । पञ्जाबलाई दोस्रो क्वालिफायर खेल्ने अर्को मौका हुनेछ ।

लिग चरणमा गुजरात र मुम्बईबीच भएको एकमात्र खेलमा गुजरातले १ बल बाँकी छँदा रोमाञ्चक जित निकालेको थियो ।

गुजरातका लागि यस महत्वपूर्ण खेलमा भरपर्दा टप अर्डर ब्याटर जस बट्लर उपलब्ध हुने छैनन् । मुम्बईका पनि टप अर्डरका रायन रिकेल्टन र विल ज्याक्स उपलब्ध छैनन् ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com