काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। हाल उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार शुक्रबार बिहान करिब ७ बजे आलमलाई मस्तिष्कघात भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि परिवारका सदस्यहरूले साढे १० बजेतिर उनलाई तुरुन्तै अस्पताल पुर्याएका थिए।
चिकित्सकहरूको निगरानीमा आलमको उपचार जारी रहेको र उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको जानकारी प्राप्त भएको छ। उनी बम बिस्फोटमा घाइते भएका आफ्नो कार्यकर्तालाई ज्युंदै इँटा भट्टामा जलाएर मारेको आरोपमा जेलमा थिए भने केहिदिन अघि उच्च अदालत विरगंन्जले सफाइ दिएपछि रिहाइ भएका थिए।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया