काठमाडौं । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट-सिम्सुवाखण्ड अवरूद्ध भएको छ ।

साँगुरीगढी गाउँ पालिका ६ स्थित फेदीमा २५ मिटर कालोपत्रे सडक बगाएको स्थानिय बलबहादुर राइले जानकारी दिए  ।

advertisement

सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने यातायात र ढुवानी रोकिएको छ ।

 

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com