काठमाडौं । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट-सिम्सुवाखण्ड अवरूद्ध भएको छ ।
साँगुरीगढी गाउँ पालिका ६ स्थित फेदीमा २५ मिटर कालोपत्रे सडक बगाएको स्थानिय बलबहादुर राइले जानकारी दिए ।
सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने यातायात र ढुवानी रोकिएको छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया