काठमाडौं । काठमाडौंका महाराजगञ्ज र नैकाप क्षेत्रमा सवारीसाधनमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुमन बोहरा र कृष्ण मिजार रहेका छन्। बोहरा वीरेन्द्रनगर नगरपालिका सुर्खेत घर भई हाल चन्द्रागिरी नगरपालिका–६ बस्दै आएका छन् भने मिजार पनि चन्द्रागिरी–६ कै स्थायी बासिन्दा हुन्।

advertisement

उनीहरूलाई थानकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय का एसएसपी सन्तोष खड्का ले जानकारी दिएका छन्।

मंगलबार बिहान नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिक पार्किङमा राखिएको बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त आगजनी घटनामा उनीहरूको संलग्नता देखिएको छ। एसएसपी खड्काका अनुसार उनीहरू दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग आबद्ध रहेको खुलेको छ।

आगलागी गरिएको स्थानबाट उक्त अभियानसँग सम्बन्धित पर्चासमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com