काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्क्रालयको सहकार्यमा सुरु सम्मेलनको शुत्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।
लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रित रहेर आर्थिक शिखर सम्मेलन गरिएको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसँग सम्बन्धित रहेर सात वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा करुणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको उनले बताए ।
प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको पनि उनले जानकारी दिए । ुलम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ,ु मुख्यमन्त्री आचार्यले भने, ुलुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।ु
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया