काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपालीमा मिनी ट्रकको ठक्करबाट  पैदल हिँडिरहेका एक वृद्धको मृत्यु भएको छ ।

शुक्रवार बेलुकी धनगढीबाट बिष्टपालीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा सोही स्थानका ८१ वर्षीय महावीर बिस्टलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका बिस्टलाई तत्काल उपचारका लागि धनगढी ल्याउने क्रममा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो । दुर्घटनापछि मिनी ट्रक र चालक सूर्नया गाउँपालिका–२ ग्वानी बरभएका ३१ वर्षीय मानसिंह बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिस्टको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com