एजेन्सी ।  नाइजेरियामा ठूलो वर्षापछिको बाढीमा परेर कम्तीमा एक सय १५ जनाको ज्यान गएको छ । बाढीले ५० वटा भन्दा धेरै घर बगाएको छ ।

मोक्वा शहरका टिफिन माजा र अंगुवान हौसावा जिल्ला प्रभावित भएका बीबीसीले जनाएको छ ।

advertisement

आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनको काम भइरहेको बताउनुभएको छ ।

यसअघि सन् २०२२ मा पनि नाइजेरियाले ठूलो क्षति हुने गरी बाढीको सामना गरेको थियो । त्यसबेला १३ लाख मानिस विस्थापित र ६ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com