काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा भएको हाफ म्याराथनको उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीले गृहमन्त्रीले राजिनामा दिन नपर्ने बताएका हुन् ।

आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । लाखौँ कर्मचारी मध्ये कुनैले गल्ती गर्यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ? भन्दैप्रतिपश्न समेत गरेका छन् ।

ओलीलले भने, सीजन यही हो, मैले पनि विरोध गर्नुपर्छ भन्नुमा कुनै तर्क छैन। अख्तियारले एकजना कर्मचारीलाई बोलायो, फर्काइदियो। बयान लिएको छैन, थुनेको छैन। गृहमन्त्रीले राजीनामा गर्नुपर्यो भन्या के हो त्यो ? लाखौं कर्मचारीमध्ये कुनैले गल्ती गर्‍यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ?

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com