काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा भएको हाफ म्याराथनको उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीले गृहमन्त्रीले राजिनामा दिन नपर्ने बताएका हुन् ।

आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । लाखौँ कर्मचारी मध्ये कुनैले गल्ती गर्यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ? भन्दैप्रतिपश्न समेत गरेका छन् ।

advertisement

ओलीलले भने, सीजन यही हो, मैले पनि विरोध गर्नुपर्छ भन्नुमा कुनै तर्क छैन। अख्तियारले एकजना कर्मचारीलाई बोलायो, फर्काइदियो। बयान लिएको छैन, थुनेको छैन। गृहमन्त्रीले राजीनामा गर्नुपर्यो भन्या के हो त्यो ? लाखौं कर्मचारीमध्ये कुनैले गल्ती गर्‍यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ?

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com