काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई “झोले” भनेर आलोचना गर्नेहरूप्रति कटाक्ष गर्दै, जनताको पक्षमा उभिन पाउँदा आफूलाई गर्व लाग्ने बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले भने, म जनताको हकहितको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ। यस्तो झोले बन्न मलाई कुनै अप्ठ्यारो छैन, बरु गौरव लाग्छ।

advertisement

ओलीले एमालेलाई नष्ट गर्छु भन्नेहरूले त्यसो गर्ने हैसियत नभएको दाबी गर्दै पार्टी अझ बलियो बनेको उल्लेख गरे। झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई बाहिरी र भित्री स्वार्थका समूहले विभाजन गराए पनि अब एमाले सुदृढ भइसकेको छ, उनले भने।

प्रधानमन्त्री ओलीले आलोचना गर्नेहरूलाई लक्षित गर्दै, निरन्तर खोट मात्र खोज्ने प्रवृत्तिबाट माथि उठ्न आग्रह गरे। उनले बुद्धिजीवी वर्गलाई राष्ट्र, जनता र परिवर्तनको पक्षमा स्पष्ट भएर बोल्न र योगदान दिन आह्वान गरे।

“तपाईंहरू केवल बुद्धि बेच्ने होइन, देश निर्माणमा योगदान दिने बौद्धिक वर्ग हो,” ओलीले भने, “राष्ट्रिय एकता र परिवर्तनका विचारहरू गर्वका साथ बोकेर अघि बढ्नुस्। सही विचार राख्नेहरूलाई सुधारका सन्दर्भमा सही सुझाव दिनुस्।”

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com