एजेन्सी । गाजा पट्टीमा प्यालेस्टिनीहरूले संयुक्त राष्ट्र संघ (यूएन)को दर्जनौँ खाद्य ट्रकहरू जबरजस्ती रोकेर खाद्य सामानहरू लुटेका छन् । संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यो जानकारी दिएको हो ।

इजरायल समर्थित फाउन्डेसनको केन्द्रमा सहायता प्राप्त गर्ने क्रममा भागदौडमा २१ जनाको मृत्यु भएको रेडक्रस अस्पतालले बताएको छ । यस क्रममा अरु १७५ जना घाइते भएको भनिएको छ । इजरायल र अमेरिका समर्थित संस्थाले सहायता वितरण केन्द्र स्थापना गरेका छन् । मानिसहरूले बुधबार खाद्य वितरण केन्द्रमा आक्रमण गरेका थिए ।

advertisement

इजरायल र हमास बीचको युद्धविराम वार्ता अगाडि बढिरहेको छ । तर यतिबेला भोकले ग्रस्त बनेका गाजावासीहरूको ध्याउन्न आफ्नो भोक मेटाउने बाहेक अरूमा छैन । हतियारधारीहरूले रातारात गाजा पट्टीमा प्रवेश गर्न लागेका दर्जनौँ सहायता ट्रकहरू अपहरण गरेका थिए ।

सयौँ हताश प्यालेस्टिनीहरू पनि यो उनीहरूसँग सामेल भए । गाजालाई सहयोग गर्न ७७ ट्रकहरू लगिएको डब्ल्यूएफपीले बताएको छ । यीमध्ये धेरैजसो ट्रक पीठोले भरिएका थिए ।

लगभग तीन महिनादेखि इजरायलले लगाएको नाकाबन्दीका कारण गाजा भोकमरीको संघारमा छ । हालै इजरायली सहायता भित्रिन अनुमति दिइएका कारण दबाब केही कम भए पनि, संस्थाहरूले अझै पनि पर्याप्त खाना नआएको बताएका छन् । विशेष गरी बालबालिकाको अवस्था गम्भीर बनेको छ

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com