काठमाडौं । नारायणचौरमा राजावादी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारतर्फ जुलुससहित अगाडि बढ्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
थापालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो। उनीलाई जबरजस्ती घिसार्दै प्रहरी भ्यानमा हालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पक्राउको क्रममा अध्यक्ष थापाले “भ्रष्ट सरकार मुर्दावाद” भन्दै सशक्त नाराबाजी गरेका थिए।
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भएको उक्त प्रदर्शनमा दर्जनौं समर्थकहरूको उपस्थिति रहेको थियो। प्रहरीले सुरक्षा अवस्था बिग्रन सक्ने भन्दै प्रदर्शनमा हस्तक्षेप गरेको जनाएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया