काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ६ जना नेताहरूलाई निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयासका क्रममा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा अध्यक्ष कमल थापा, शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना छन्। उनीहरूलाई शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, भद्रकालीले जनाएको छ।
हाल उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया