आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिज सोमबारदेखि सुरू हुँदैछ। स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ।
फोर्थहिल डुन्डीमा खेल नेपाली समयअनुसार अपराह्न ३ः ४५ बजेदेखि सुरू हुनेछ। नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ।
लिग टु को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेको छ। २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। त्यसपछि नामिबिया, युएई र नेपाल छन्। लिग टु मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी(२० सिरिज पनि खेल्नेछ।
लिग टु को खेल जेठ १९ देखि हुनेछ भने टी २० सिरिज असार २ देखि सुरु हुनेछ। नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ सेख ९विकेट किपर०, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया