काठमाडौं । सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।

advertisement

संसद् बैठकमा माओवादीसहितले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।

‘हामीले जो विषयवस्तु राखेका छौं । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रीत गरेर अघि राख्नुपर्छ भनेका छौं । जुनकुरा हामीले सदनमा राखेका छौं । त्यही विषयवस्तु हो,’ पाण्डले बैठकपछि भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्नका लागि मार्गप्रशस्त गर्नुपर्छ भनेका छौं ।’

बैठकमा प्रधानमन्त्री ओलीले संसद् खोलेर अघि बढ्न आग्रह गरेको उनले बताए ।

‘अब राजीनामा होइन संसद् खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । हाम्रो तर्फबाट सुशासनको विषयवस्तु महत्त्वपूर्ण हो भन्यौं,’ पाण्डेले बैठकपछि भनेका छन् ।

कर्मचारीको कुरा भएकाले राजीनामा दिनु नपर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरूले कुरा राखेको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com