काठमाडौं । कान्ति लोकपथमा चार दिन सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ ।

मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि अर्थात् जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म अर्थात् चार दिनका लागि कान्ति लोकपथ बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । एक सूचना जारी गर्दै स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचित गरेको छ ।

advertisement

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती खोलाको पुलको गत असोज ११ र १२ गते बाढीले बगाएको थियो । पुलको दुवैतर्फ भाग बगाएको थियो । माटो र बालुवाको पुलको पहुँचमार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । उक्त पहुँचमार्ग पनि पटकरपटक बाढीले बगाएर कान्ति लोकपथमा सवारी साधन आउजाउ समस्या हुँदै आएको थियो ।

 

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com