काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात सेवा ठप्प पारिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
मंगलबार बसेको संघीय संसद्को पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले सरकार र यातायात व्यवसायीबीच गाडी सञ्चालनको सहमति भए पनि त्यो कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरे।
उनले भने, “यातायात व्यवसायीले गण्डकी प्रदेशलाई अनुरोध गरेर हाललाई आन्दोलन स्थगन गर्ने, संघीय कानुनमार्फत् व्यवस्थापनपछि मात्रै अगाडि बढ्ने सहमति भएको थियो। यस्तो सहमतिपछि पनि गाडी नचलाउनु ठिक होइन।”
मन्त्री दाहालले सार्वजनिक यातायातसँग सम्बन्धित प्रस्तावित कानुनमार्फत् राइड सेयरिङ सेवालाई समेत नियमनको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार, “राइड सेयरिङको विषयमा काम भइरहेको छ, जनताले यसबाट सुविधा लिइरहेका छन्। तर, त्यसलाई नियमन गर्न जरुरी छ। राज्यको व्यवस्थापनमा ल्याइनुपर्छ।”
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया