काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो ।

अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

advertisement

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो ।

तर, पनि ठोस सहमति हुन नसकेपछि बैठक नै स्थगन गरिएको हो ।

विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले जेठ १५ गते बजेट भने प्रस्तुत गर्न दिएका थिए ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com