काठमाडौं । पाकिस्तानको कराँचीस्थित मलिर जेलबाट एकै पटक २१६ जना कैदी फरार भएका छन्। भूकम्पको झट्कापछि सुरक्षाको उपायस्वरूप कैदीहरूलाई अस्थायी रूपमा सेल बाहिर निकालिएको बेला उनीहरू भागेका हुन्।
पाकिस्तानी प्रहरी अधिकारी काशिफ अब्बासीले एपी समाचार संस्थालाई जानकारी दिँदै हालसम्म ७८ जना फरार कैदीहरू पुनः पक्राउ परिसकेको बताए। बाँकी १३० जना भने अझै फरार रहेका छन्।
भागेका कैदीहरूलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा प्रहरीले गोली चलाएको थियो। त्यस क्रममा एक कैदीको ज्यान गएको छ भने तीन जना सुरक्षाकर्मी घाइते भएका छन्।
प्रशासनले बाँकी फरार कैदीहरूलाई खोजी गरी पक्राउ गर्न व्यापक अभियान सञ्चालन गरिरहेको छ। अल जजिराका अनुसार प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षाकर्मीहरू संयुक्त रूपमा खोजी अभियानमा खटिएका छन्।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया