काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने सडक कान्तिलोकपथ आज बुधबारबाट चार दिन पूर्णरुपमा बन्द भएको छ । कान्तिलोकपथअन्तर्गत बगुवाको बाग्मती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर बैशाख २१ गतेदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ ।

advertisement

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा चल्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बाग्मती गाउँपालिका–२ वगुवास्थित बाग्मती खोलाको पुलको दुवै खण्ड गत असोज ११ र १२ गते वाढीले बगाएको थियो ।

पुलको दुवैतर्फ भाग बगाएको थियो । माटो र बालुवाको पुलको पहुँच मार्ग बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको थियो । उक्त पहुँच मार्ग पनि पटकरपटक बाढीले बगाएर कान्तिलोक पथमा सवारी साधनहरु आउजाउ समस्या हुँदै आएको थियो ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com