काठमाडौं । बर्दियामा दुई जना बालिकाको ज्यान लिने र दुई जनालाई घाइते बनाएको चितुवा समातिएको छ । गुलरिया नगरपालिका–५ बालापुर सामुदायिक वनमा लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

चितुवा नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीले गएराति राखेको केज अर्थात् पिँजडामा बिहान चितुवा फसेको भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए ।

advertisement

झन्डै चार महिनायता चितुवाले चार जनालाई आक्रमण गरेको थियो । एक हप्ताअघि चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–५ बालापुरमा हजुरबुबासँग खेलिरहेकी ७ वर्षीया सायरा चौधरीको ज्यान गएको थियो । त्यस्तै गएको वैशाख १५ मा चितुवाको आक्रमणबाट ९ वर्षीया मेलिना खड्काको ज्यान गएको थियो ।

त्यस्तै खेतमा हजुरबुबा र आमासँगै रहेकी ९ वर्षीया सृजना थारुलाई पनि चितुवाले आक्रमण गर्दा हजुरआमाले चितुवाको मुखबाट खोसेर बचाउनुभएको थियो भने अर्का एक जनालाई पनि चितुवाले आक्रमण गरि घाइते बनाएको थियो ।

एक हप्ता अघिदेखि चितुवा नियन्त्रणमा टोली लिन खटिएको थियो । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बर्दियामा राखिएको छ । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज र डिभिजन वनका प्राविधिक टोलीले हात्ती र डार्ट गनको सहयोगमा केज थापेर खटिएका थिए ।

डिभिजन वन कार्यालय बर्दियाका रामकुमार चौधरीका अनुसार नियन्त्रणमा लिइएको चितुवालाई कहाँ छाड्ने रु भन्ने विषयमा छलफल तथा समन्वय भरहेको छ ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com