काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ। प्रतियोगिताको चौथो चरणमा खेलिरहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।

यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सुरु हुनेछ। बलियो मानिएको स्कटल्यान्डलाई हराउँदै आत्मविश्वास बढाएको नेपाली टोली जितको क्रमलाई कायम राख्न चाहन्छ।

advertisement

नेदरल्यान्ड्सको यो सिरिजको पहिलो खेल हुनेछ। अघिल्ला पाँच एकदिवसीय भेटमा नेदरल्यान्ड्सले तीनपटक र नेपालले दुईपटक जित हात पारेका छन्। लिग-२ मा आठ टोली प्रतिस्पर्धी छन् र यो प्रतियोगिता एकदिवसीय विश्वकपको छनोटका लागि पनि महत्वपूर्ण छ। साथै, एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको दृष्टिले पनि सिरिजले महत्त्व राख्छ।

सन् २०२७ सम्म चल्ने लिगको अन्त्यमा शीर्ष चार टोलीले सिधै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। हाल नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ भने नेदरल्यान्ड्स २० खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

नेपालले अब आइतवार स्कटल्यान्डसँग तेस्रो खेल खेल्नेछ भने मंगलवार नेदरल्यान्ड्ससँग पुनः प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com