काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) राजु पाण्डेको निलम्बनपछि नगर प्रहरीकै भाइरल पूर्व सई लोकनाथ चुडालले प्रतिक्रिया दिएका छन्। मंगलबार फेसबुकमा पाण्डेको फोटोसहितको स्टाटस लेख्दै चुडालले प्रतिक्रिया जनाएका हुन् ।
उनि लेख्छन् : ”पूर्व नगरप्रहरी महिला हवलदार गंगा उप्रेती बहिनीका आँसुले शीतलता पाएछ, जसलाई जागिर छोड्न बिबश पारिएको थियो । कथित ‘बसन्त’ भन्नेलाई पनि समयले जरूर दण्डित गर्नेछ । दुनियाँले बोक्रा देख्छ, गुदी देख्दैन अत्याचार त पिल्सिएकालाई मात्रै बोध हुन्छ।”
यसअघि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा लक गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो। पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए।
काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेकाे छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया