काठमाडौं । राजीनामाको अडानबाट नहट्ने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को अडानका कारण सभामुख देवराज घिमिरेद्वारा आयोजित सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ।
संसद्को अवरुद्ध अवस्थामा समाधान खोज्न सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणलाई सुशासनसँग जोड्दै गृहमन्त्री रमेश लेखकको राजीनामा अपरिहार्य रहेको अडान दोहोर्याए।
छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले भने, “सदन सुचारु गराउने वातावरण बनाउन गृहमन्त्रीको राजीनामा आवश्यक छ। यो प्रकरण केवल प्रशासनिक होइन, सुशासनसँग प्रत्यक्ष सरोकार राख्दछ।”
सभामुखको प्रयासबाट पनि सहमति जुट्न नसकेपछि संसद् अवरुद्ध हुने स्थिति कायमै रहेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया