काठमाडौं ।  योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्व चयन सहमतिबाट गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने भएको छ।

नेतृत्वमा सहमति जुटाउन आज बिहानैदेखि युवा संगठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) र वाईसीएल अध्यक्ष सुबोध शेर्पाली सक्रिय थिए। तर प्रयास विफल भएपछि नेताहरू दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा सहमतिको अन्तिम प्रयासका लागि जुटेका थिए।

advertisement

तर खुमलटारमा बसेको छलफलमा पनि सहमति हुन नसकेको संयोजक तथा पार्टी उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए। “सहमति हुने सम्भावना देखिएन, अब भोलि (बिहीबार) निर्वाचन प्रक्रियामा जानेछौं,” उनले भने।

वाईसीएल अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐरलगायतको नाम अगाडि आएको छ। यसबीच, बन्द सत्र सुरु भइसकेको नवराज ऐरले जानकारी दिए।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com