काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई रोजगारीको खोजीमा विदेश जानु भन्दा स्वदेशमै नयाँ अवसर र उद्यम सिर्जना गर्न प्रेरित गरेका छन्। उनले सरकार उद्यमशील र सिर्जनशील युवाहरूसँग रहेको भन्दै आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।
बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणसम्बन्धी नीति बनाउन अध्ययन गराएको स्मरण गरे। उनले आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र स्टार्टअप कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको पनि बताए।
“युवाहरूले अहिलेको अवस्थाबाट सन्तोष मान्न हुन्न। राम्रोको खोजीमा र परिवर्तनको चाहनामा लाग्नुपर्छ,” उनले भने, “तर सामाजिक सञ्जालमा केवल असन्तोष पोख्ने प्रवृत्ति ठीक होइन। त्यस्ता व्यवहारले उल्टो पारिवारिक तनाव निम्त्याउँछ।” युवाहरूले जागिर खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने दिशामा लाग्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया