काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा विरुद्ध दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन।
राजावादी शक्तिहरूको आन्दोलनलाई लक्षित गर्दै प्रशासनले काठमाडौंका कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौरबाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने गरी गत आइतबार निषेधाज्ञा जारी गरेको थियो।
उक्त निषेधाज्ञालाई असंवैधानिक ठहर गर्दै ‘स्वागत नेपाल’ का नामले चिनिने भद्रप्रसाद नेपालले संयुक्त राजावादी जनआन्दोलन समितिको तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर सर्वोच्च अदालतको प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो।
रिट दर्ता नगरेपछि नेपालले दरपिठ (रिट दर्ता अस्वीकृत) को निर्णयविरुद्ध पुनः निवेदन लिएर सर्वोच्च अदालत जाने बताएका छन्।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया