काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले सर्वोच्च अदालतको पछिल्लो आदेशबारे हाल कुनै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।

पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सापकोटाले अदालतको लिखित आदेश नआइसकेको हुँदा धारणा बनाउनु समयपूर्व हुने स्पष्ट पारे। उनले आदेशको पूर्णपाठ अध्ययन गरेर मात्र औपचारिक प्रतिक्रिया दिने बताए।

advertisement

‘अहिलेसम्म लिखित आदेश आएको छैन,’ सापकोटाले भने, ‘कसैले आ–आफ्नै ढंगले प्रचार र व्याख्या गरिरहेका छन्। त्यस्ता अपूरा जानकारीका आधारमा छलफल गर्नु वा धारणा बनाउनु सही हुँदैन। अदालतको आदेशको कुनै अंशमात्रको आधारमा टिप्पणी गर्नु अपरिपक्वता हो।’

सापकोटाले सर्वोच्चको आदेशलाई गम्भीरतापूर्वक अध्ययन गरेर मात्रै पार्टीको धारणा सार्वजनिक गरिने बताएका छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com