काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रले संसद् खोल्न तयार हुनुको कारण उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डर भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै शाहीले लेखेका छन्, “माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खुलाउने निर्णयमा माओवादी केन्द्र पुगेको देखिन्छ। गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्ता, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोगाउने प्रयास र अग्नि सापकोटा तथा सांसद सूर्यमान दोङलाई नपक्राउ गर्ने सहमतिको आधारमा माओवादी गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेको हो।”

advertisement

उनले यो घटनालाई ूशक्ति र सत्ताको प्रभाव कति गहिरो हुन्छ भन्ने उदाहरणू भन्दै टिप्पणी गरेका छन्। शाहीले यस्तो अवस्थाले लोकतान्त्रिक मूल्य र कानुनी शासनमा गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै प्रणाली सुधारको खाँचो औँल्याएका छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com