काठमाडौं ।  जनप्रतिनिधिमाथि कालोमोसो दल्ने हल्ला फैलिएपछि काठमाडौं महानगरपालिकामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको महानगरले जनाएको छ।

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालोमोसो हानिने आशंका सहित अफवाह फैलिएपछि कार्यालय परिसरमै सशस्त्र प्रहरी तैनाथ गरिएको हो। यद्यपि उक्त हल्ला कसले फैलायो भन्नेमा महानगर प्रशासन अनविज्ञ छ।

advertisement

महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि हल्ला सुनेको र त्यसपछि सशस्त्र प्रहरी खटिएको जानकारी पाएको बताए। “अहिले बुझ्ने प्रक्रिया चलिरहेको छ,” उनले भने।

हाल उपमेयर डंगोल विराटनगरमा एक कार्यक्रममा सहभागी हुन गएकी छन् भने प्रमुख प्रशासकीय अधिकृतको मोबाइल सम्पर्कविहीन रहेको जनाइएको छ।

सशस्त्र प्रहरी परिचालनपछि कार्यालय वरिपरि केहीबेर तनावपूर्ण स्थिति बनेको थियो। तर महानगरका सहायक प्रवक्ता नवराज ढकालले उक्त हल्लालाई निराधार भन्दै कालोमोसोको कुनै योजना नभएको दाबी गरे।

उनका अनुसार सशस्त्र प्रहरी मेयर बालेन्द्र शाह (बालेन) सँग छलफलका लागि आएका थिए, तर त्यसैलाई लिएर अफवाह फैलिएको हो।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com