काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् सञ्चालनमा अवरोध आउँदा महत्वपूर्ण विधेयकहरू अघि बढ्न नसकेको बताएका छन्। डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डीन) को ४५औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनका अनुसार संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐनजस्ता महत्वपूर्ण विधेयकहरू संसद् अवरुद्ध हुँदा लामो समयदेखि रोकिएका छन्। सभामुख घिमिरेले संसद् नियमित सञ्चालनमा ल्याउन सबै पक्ष जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

advertisement

“विधेयकहरू कानुनका रूपमा पारित गर्न हामी प्रतिबद्ध छौं,” उनले भने, “तर संसद् नै नचल्ने अवस्था सिर्जना हुँदा समस्या उत्पन्न भएको छ।”
उनले कानुन निर्माण, कार्यान्वयन र कार्यपालिका नियमन गर्ने सर्वोच्च संस्थाको रूपमा संसद् सञ्चालनमा व्यवधान आउनु दुर्भाग्यपूर्ण भएको बताए।

साथै, उनले वातावरणीय समस्याप्रति सचेत हुँदै तत्काल कार्बन उत्सर्जन नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गरे। “यदि अहिलेै नियन्त्रण गरिएन भने यो समस्या भविष्यको मात्र होइन, वर्तमान पुस्ताकै लागि पनि विनाशकारी बन्न सक्छ,” उनले चेतावनी दिए।

कार्यक्रममा सभामुख घिमिरेले वातावरण संरक्षणमा प्राविधिक तथा नीति निर्माण तहका सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com