काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल (योङ कम्युनिस्ट लिग) को नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि विधान संशोधनको तयारी गरिएको छ।

तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको भए पनि अध्यक्षबाहेक अन्य पदहरूमा सहमति नबनेकाले विधानमै फेरबदल गरेर समाधान खोज्ने तयारी भइरहेको छ।

advertisement

वाईसीएलको सम्मेलनले २५१ सदस्यीय केन्द्रीय समिति र ३५ पदाधिकारी रहने प्रस्ताव पारित गरिसकेको छ। अध्यक्ष पदका लागि पुष्प ओलीको नाम लगभग तय भइसकेको बताइए पनि अन्य पदहरूमा आकांक्षीहरूबीच मतभेद कायमै छन्।

महासचिव पदमा नवराज ऐर र गणेश शाहीबीच सहमति नजुटेपछि एकजनालाई वरिष्ठ उपाध्यक्ष र अर्कोलाई महासचिव बनाउने गरी विधान संशोधनको प्रस्ताव अघि सारिएको हो। एक नेताका अनुसार, “अध्यक्षमा पुष्प ओलीको चयन निश्चितजस्तै छ। तर, बाँकी पदमा गम्भीर मतभेद छन्। त्यसैले ३५ सदस्यीय पदाधिकारी संख्या बढाएर ४१ वा ५१ बनाउने विषयमा छलफल भइरहेको छ।”

अध्यक्षको दाबेदारीमा रहेका केहरसिंह कुँवर र कर्म पुलामीबीच समेत पदीय जिम्मेवारीको विषयमा सहमति नजुटेकाले निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित हुँदै आएको छ।

जेठ १८ गते प्रज्ञा भवन, कमलादीमा सुरु भएको सम्मेलन तोकिएको समयमै सम्पन्न हुन नसकेपछि बन्दसत्रलाई जेठ २१ गतेदेखि चावहिलस्थित गोल्डेन दरबार पार्टी प्यालेसमा सारिएको छ। नेतृत्व चयनमा सहमति जुटाउन नेताहरूबीच लगातार वार्ता चलिरहेको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com