बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार अपराह्न भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज करिब ४ बजे आगलागी भएको हो। आगलागीपछि सुरक्षाकर्मीहरू र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास तीव्र गतिमा जारी छ।

advertisement

हालसम्म आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको र आगलागीको कारणसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप जानकारी आउन बाँकी छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com