काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा चर्चित उद्यमी एलन मस्कप्रति तीव्र आलोचना गर्दै उनलाई ‘दिमाग गुमाएका’ व्यक्ति भनेर उल्लेख गरेका छन्। उनले मस्कसँग कुनै किसिमको संवाद गर्न आफू इच्छुक नभएको स्पष्ट पारेका छन्।

एबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले एलन मस्कसँग कुराकानी गर्ने कुनै चाहना नरहेको बताएका छन्। केही मिडियाले दुवैबीच टेलिफोन संवाद हुने सम्भावना रहेको समाचार प्रकाशित गरेपछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

advertisement

विश्वका सर्वाधिक धनी व्यक्ति मध्ये एक मस्क र पूर्वराष्ट्रपति ट्रम्पबीच पछिल्ला दिनहरूमा विभिन्न विषयमा विवाद देखिँदै आएको छ। यिनै विषयहरूबीच ट्रम्पले मस्कप्रति आक्रोश व्यक्त गर्दै भने, “म एलनका बारेमा सोच्दिनँ, उसलाई केही गम्भीर समस्या छ।”

सीएनएनसँगको कुराकानीमा उनले थपे, “म उसँग बोल्न चाहन्नँ। मलाई एलनसँग कुनै चासो छैन।”

यसैबीच ह्वाइट हाउसले बीबीसीलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले मस्कसँग कुनै पनि किसिमको संवादको योजना नरहेको स्पष्ट पारेको छ।

ट्रम्पको यस्ता कटाक्षपूर्ण भनाइले मस्क–ट्रम्प सम्बन्धमा थप तिक्तता ल्याउने संकेत देखिएको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com