काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको आरोप लगाएका छन्।

पार्टी निकट मधेश प्रदेश सम्पर्क समिति​को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको राजनीतिक सक्रियता र प्रभाव देखेर केही शक्तिहरू डराएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकनै संकेत गर्दै भने, “हाम्रो पार्टीको भूमिकाले राजनीतिक वृत्तमा हलचल ल्याएको छ। यसै कारण केही व्यक्तिहरू पूर्वाग्रही सोचका साथ बदला लिने मानसिकतामा पुगेका छन्। ममाथि भ्रष्टाचारको मुद्दा लगाउने प्रयास त्यसैको परिणाम हो।”

advertisement

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफूले अहिलेसम्म कुनै गैरकानुनी लाभ नलिएको दाबी गर्दै भने, “मैले कहिल्यै घुस लिएको छैन, न त देश र जनताको हितविपरीत कुनै काम गरेको छु।”

उनले थपे, “मैले सधैं भन्ने गर्छु– नबिराउनु, नडराउनु। व्यक्तिगत स्वार्थका लागि कुनै निर्णय लिएको छैन, त्यसैले डराउनुपर्ने कुनै कारण छैन। झुटा आरोपहरूमाथि हामी दृढताका साथ उभिन्छौं। मलाई विश्वास छ न्यायालय निष्पक्ष निर्णय गर्नेछ। हामीले न्याय प्रणालीप्रति भरोसा राख्नुपर्छ।”

नेपालले कानुनी प्रक्रियालाई सम्मान गर्ने स्पष्ट संकेत दिंदै आफू निर्दोष रहेको जिकिर गरेका छन्।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com