झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा सुरु भइसकेकाले हाल ठूलो आन्दोलन सम्भव नरहेको बताएका छन्। उनले उपयुक्त मौसम र समयको पर्खाइमा पार्टी रहेको जनाए।
शनिबार झापाको हल्दिबारीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले राप्रपाको आन्दोलन केवल राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा मात्र नभई देशमा सुशासन र समृद्धिको मागसहित अघि बढिरहेको स्पष्ट पारे।
उनका अनुसार देशमा विगत तीन दशकदेखि केही सीमित नेताले मात्र नेतृत्व गर्दै आएका कारण अब नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ।
लिङ्देनले संविधानप्रति राप्रपाको कतिपय बुँदामा असहमति रहेको भए पनि केही सकारात्मक पक्षहरू रहेको स्वीकार गरे।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया