काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको नेतृत्व रवि लामिछानेकै हातमा रहेको स्पष्ट पारेका छन्। उनले पार्टीको आगामी महाधिवेशनपछि पनि लामिछाने नै सभापति बन्ने र २०८४ सालको निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरे प्रधानमन्त्रीको नेतृत्वसमेत उनकै हुने दाबी गरे।

शनिबार स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै डा. वाग्लेले विगतमा राखिएको आफ्नो अडान पुनः दोहोर्‍याउँदै भने, “हाम्रो सभापति रवि लामिछाने नै हुन्। उहाँलाई कारागारमा राखिए पनि उहाँको नेतृत्वमा कुनै दोधार छैन।”

advertisement

उनले थपे, “महाधिवेशनपछि पनि सभापति रवि नै हुनेछन्। र, २०८४ मा यदि हामीले बहुमत प्राप्त गर्‍यौँ वा सबैभन्दा ठूलो पार्टीका रूपमा उभियौँ भने प्रधानमन्त्री पनि उहाँ नै बन्नुहुनेछ।”

यता, सभापति लामिछाने हाल सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि उनको कारावास अवधि लम्बिने संकेत देखिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com