काठमाडौं ।राजसंस्था पुनःस्थापनाको लक्ष्यसहित नवराज सुवेदीको संयोजकत्वमा गठन गरिएको संयुक्त जनआन्दोलन समिति आन्तरिक मतभेदका कारण विभाजित भएको छ। समितिका प्रवक्ता स्वागत नेपालले आफू प्रवक्ताको जिम्मेवारीबाट अलग भएको संकेत दिँदै अब राजावादी आन्दोलन नयाँ रूप र मार्गबाट अघि बढ्ने घोषणा गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेपालले लेखेका छन्, “समितिमा मबाहेक सबैजना कुनै न कुनै राजनीतिक दल वा अभियानसँग आबद्ध थिए। मलाई अन्त्यमा एउटा स्वतन्त्र, कानुनी पृष्ठभूमिको व्यक्ति आवश्यक छ भनेर प्रवक्ताको रूपमा ल्याइएको थियो।”

advertisement

उनले अगाडि थपे, “मैले सकेसम्म सबैजना—विशेषतः बुढापाका नेताहरूलाई मिलाउने प्रयास गरेँ। तर उनीहरूको स्वार्थ र अहंकारका कारण आन्दोलन कमजोर पार्ने काम भयो। समीक्षा बैठकहरू समेत मिडियामाझ राखी जनभावनालाई अपमानित गर्ने प्रयास गरियो।”

नेपालले अब आन्दोलन युवाको हातबाट नयाँ ऊर्जा र दृष्टिकोणसहित अगाडि बढ्ने दाबी गर्दै लेखेका छन्, “युवाहरूले यो आन्दोलनलाई तुहिन दिने छैनन्। केही समय धैर्य गर्नु पर्दछ, तर अन्ततः हामी सफल हुन्छौं। जुनसुकै चुनौती आए पनि हार स्वीकार नगर्नेहरूले जित सुनिश्चित गर्छन्।”

उनले अहंकारी र अवसरवादी बुढा पुस्तालाई छाडेर आन्दोलनलाई साँच्चिकै स्वतन्त्र नागरिकहरूको नेतृत्वमा लैजाने घोषणा गरे। “अब जुनसुकै पार्टीमा रहेका वा कुनै पनि दलमा नरहेका स्वतन्त्र नागरिकहरू मिलेर राष्ट्रिय स्वाधीनताको विद्रोह सुरु हुनेछ। यो विद्रोह केवल राजसंस्थाका लागि नभई ऐतिहासिक रूपमा एक वैश्विक शान्तियुद्ध बन्नेछ,” नेपालको भनाइ थियो।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com