काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् लगाएको विलासिता कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

व्यवसायीहरुले सुनमा गरिएको २ प्रतिशत विलासिता कर तथा हिरा, जडित गहना र बहुमूल्य रत्नमा  गरिएको १३ प्रतिशत कर तत्काल हटाउनुपर्ने माग राखेका हुन्। उनीहरुको भनाइमा यस्ता करहरुले व्यवसाय मात्र होइन, उपभोक्ता, श्रमिक र कारीगरहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

advertisement

प्रदर्शनकारीहरूले सरकारलाई उपभोक्ता, कर्मचारी, कारीगर र व्यवसायी सबैको हितलाई ध्यानमा राखी व्यवसायमैत्री नीति तथा ऐन ल्याउन आग्रह गरेका छन्। उनीहरूको माग छ— करका नाममा हुने अन्यायपूर्ण बोझ अन्त्य गरिनुपर्छ र सुनचाँदी व्यवसायलाई स्थायित्वतर्फ उन्मुख गरिनुपर्छ।

प्रदर्शनमा सहभागी व्यवसायीहरूले करको भारले व्यवसाय सञ्चालन गर्नै गाह्रो भएको बताउँदै सरकारले चाँडै सकारात्मक पहल नगरे परिस्थिति झनै जटिल हुने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com