सप्तरी। कोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारी अभ्यासका क्रममा बेपत्ता भएका दोस्रो गोताखोरको पनि शव फेला परेको छ।

शव आइतबार बिहान फेला परेका व्यक्ति सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद हुन्। उनको शव सप्तरीको हनुमाननगर नगरपालिका–१ स्थित कोशी नदीको ५५ नम्बर ढोका नजिकै फेला परेको हो।

advertisement

यसअघि शुक्रबार अर्का बेपत्ता जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। उनी नं १ श्रीअन्तु गण, इलाम दरबन्दी भई सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा कार्यरत थिए।

सशस्त्र प्रहरीको प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास अन्तर्गत बिहीबार दिउँसो ३:१० बजे कोशी नदीमा अभ्यासका क्रममा जवान राजवंशी र साउद बेपत्ता भएका थिए।

दुवै जवानको शव कुरिनटारबाट खटिएको डीएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

घटनाले विपद् पूर्वतयारीका क्रममा सुरक्षाकर्मीको सुरक्षामा अझ विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com