काठमाडौँ  ।  तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका हुन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । थुनछेक बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

advertisement

भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले यसअघि नै धरौटीमा छाड्न आदेश गरेको थियो । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।

दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन माग दावी लिइएको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com