काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै विपक्षी सांसदहरू आक्रोशित हुँदै उभिएर सदन अवरुद्ध गरे।
सभामुख घिमिरेले बारम्बार आग्रह गरे पनि विपक्षीहरूले अवरोध हटाउन मानेनन्, जसका कारण बैठक अघि नबढी स्थगन गर्नुपर्‍यो।

advertisement

विपक्षी दलहरूको निरन्तरको असहयोग र अवरोधका कारण संसदको कामकाज अघि बढ्न नसकेको अवस्था पुनः दोहोरिएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com