काठमाडौं ।  नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७४ जना पदाधिकारी चयन गरेको छ।

तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो। संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन्।

advertisement

उपाध्यक्षमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर रहेका छन्।

यस्तै महासचिवमा गणेश शाही, सहसचिवमा १९ र ३१ सचिव चयन गरेको छ। सर्वसम्मत नेतृत्व चयन गर्नको लागि वाइसिएलले पदाधिकारीको संख्या बढाएको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आज सिंगो टीमलाई खुमलटार बोलाएर पदाधिकारी संख्या सोचेभन्दा केही ठूलो हुन गएको बताए।

उनले भने, ‘पदाधिकारी संख्या मिलाउँदै जाँदा केही सोचेभन्दा ठूलो हुनगयो। संगठनलाई गतिशित र चुस्त दुरुष्त बनाउन मद्दत नै गर्छ। छलफल र बहसले नयाँ रचना गर्छ।’

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com