काठमाडौं । सामाजिक अभियन्ता महावीर पुनले नेपालमा अझै पनि जनताका लागि समर्पित र भ्रष्टाचारविरुद्ध कडा र स्पष्ट धारणा राख्ने प्रधानमन्त्रीको अभाव रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘अहिलेसम्म यस्तो प्रधानमन्त्री नेपालमा जन्मेका छैनन् (१) भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको (२) भौतिक स्वार्थको लागि चाकरी गर्ने लोभी तथा पापीहरूलाई टाढैबाट पहिचान गर्न सक्ने क्षमता भएको (३) जनताको रगत चुस्ने पापी राक्षसहरूबाट टाढै बस्न सक्ने साहस भएको (४) चाकरीबाजहरूको लागि होइन कि जनताको लागि मरिमेट्ने प्रधानमन्त्री–कोही थियो वा छ त्यस्तो मुर्ख प्रधानमन्त्री ??’

advertisement

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन सामाजिक, राजनीतिक र आर्थिक विषयमा बेलाबेला खुलेर धारणा राख्दै आइरहेका छन्। देशमा व्याप्त बेथिति र नेतृत्वको कमजोरीप्रति उनको आलोचनात्मक दृष्टिकोण लगातार देखिँदै आएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com